मण्डला थिएटरमा नाटक ‘मुक्कुमलुङः चोत्लुङ अफ याक्थुङ’

ताप्लेजुङको मुक्कुम्लुङ (हिन्दुकृत नाम पाथीभरा) मा लिम्बू समुदायको आस्था र पर्यावरण समेत नाश हुने गरी एक निजी कम्पनीले नाफा कमाउने गरी केबलकार बनाउन हुन्न भन्दै पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका बेला काठमाडौँको थापागाउँ बानेश्वरस्थित मण्डला थिएटरमा ‘मुक्कुमलुङः चोत्लुङ अफ याक्थुङ’ शीर्षकको नाटक सुरु भएको छ ।

गिलु रातोस्, अनिल सुब्बा र विष्णु मोक्तानको लेखन रहेको उक्त नाटकलाई अनिल सुब्बाले निर्देशन गरेका छन् ।

हिजो बिहीबार नाटकको प्रिमियर शो गरिएकाे थियाे ।

उक्त नाटक आजदेखि आगामी माघ २७ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन गरिने छ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन गरिने छ ।

उक्त नाटकलाई मुक्कुमलुङमा भइरहेको राज्यको प्रायोजित सांस्कृतिक अतिक्रमण विरुद्धको कलात्मक प्रतिरोधको रूपमा लिइएको छ ।

नाटककाे प्रिमियर शोमा पहिचानवादी अभियान्ताहरू, पत्रकार र कलाकारहरूको उपस्थिति रहेको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img