सशस्त्र प्रहरीले गोली हानेर गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।
धरानका पहिचान पक्षधर नेता जेन्टल लावतीकाअनुसार याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई नोबेल अस्पताल विराटनगरले काठमाडौं लान रिफर गरेको छ ।
उनीहरूलाई नेपाली सेनाको प्लेनबाट काठमाडौं लाने तयारी छ ।
याम लिम्बूको तिघ्रा गोलीले छेडेको छ । उनी गम्भीर अवस्थामा छन् ।
सगुन लावतीको छातीमा गोलीले वारपार पारेको छ । जसले उनको फोक्सोमा रगत जमेको छ । पालुङ्वाको दाहिने कुम भाँचिएको छ ।
प्रहरीले मुक्कुमलुङ बचाउ आन्दोलनकारीहरूमाथि हिजो उनीहरू बसेकै ठाउँमा पुगेर निर्मम दमन र गोली प्रहार गरेको थियो ।