जसपा अध्यक्ष राई घाइतेहरूको अवस्था बुझ्न अस्पतालमा

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले काठमाडौँमा उपचाररत मुक्कुमलुङ आन्दोलनका घाइतेहरूलाई भेटेर स्वास्थ्यवस्थाको जानकारी लिएका छन् ।

नेता राईले हिजो काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरूलाई भेटेका हुन् ।

उनको साथमा जसपा उपाध्यक्ष सुशीला श्रेष्ठ पनि अस्पताल पुगिन् ।

गत माघ १२ गते सशस्त्र प्रहरीले गोली चलाउँदा याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा गम्भीर घाइते भएका थिए ।

हाल सोको विरोधमा तमोर करिडोर र मेची राजमार्गमा यातायात बन्द गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्