‘मुक्कुमलुङ (पाथीभरा) मा केबलकार बनाउनुपर्छ’ भन्ने ताप्लेजुङका एक व्यक्तिलाई धरानमा केबलकारको विपक्षमा रहेकाहरूले कालोमोसो दलेका छन् ।
पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने ती व्यक्ति लिम्बू समुदायकै हुन् ।
ती व्यक्तिलाई केही आक्रोशित व्यक्तिहरूले कालोमोसो दलेर आक्रमण गर्न खोजिरहेको सन्देश दिने एउटा भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।
केबलकार खारेजीको आन्दोलनमा रहेका धरानका नेता जेन्टल लावतीका अनुसार ती व्यक्ति ताप्लेजुङकै हुन् ।
हाल, पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने व्यक्तिहरू धरानमा पनि प्रवेश गरेको भन्दै लावतीले ती व्यक्तिले भने माफी मागिसकेको बताएका छन् ।