चेम्जोङ र बेघालाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी

मुक्कुमलुङ (पाथीभरा) मा ‘नो केबलकार’ भन्दै आन्दोलन गरिरहेका विभिन्न संस्था र राजनीतिक दलका प्रतिनिधिहरूले धरानबाट पक्राउ गरिएका सुमन चेम्जोङ र सिर्जना बेघालाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै चेम्जोङ र बेघालाई तत्काल रिहा नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमार्फत् मुक्कुमलुङ आन्दोलनका नेताहरूमाथि पक्राउ पुर्जी जारी गर्ने काम तुरुन्त बन्द गर्न पनि भनिएको छ ।

मुक्कुमलुङमा केबलकार निर्माण खारेज नभइन्जेल आन्दोलन जारी रहने भन्दै उनीहरूले बन्दुकको गोलीले पनि आफूहरूको आन्दोलन रोक्न नसक्ने प्रष्ट पारेका छन् ।

दलहरूको तर्फबाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावती, जसपाका नेता रमेश राई, जसपा नेपालका सञ्जय राई, नागरिक उन्मुक्ति पार्टीका नेता धनबहादुर पन्धाक, नेपाल जनमुक्ति पार्टीका भक्त खेवाङ, मंगोलन नेशनल अर्गनाइजेशनका नयन्त्र चाम्लिङ र नेपाल कम्युनिष्ट पार्टीका राजेन्द्र पालुङ्वाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img