धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईको नेतृत्वमा धरानमा एक आकर्षक श्रम संस्कृति पार्क बनाउने काम भइरहेको छ ।
बाहिरका मान्छे धरान पुगेको बेला श्रम संस्कृति पार्क नपुगी नहेरी फर्कदैनन् ।
मूलतः जनश्रमबाट बनिरहेको श्रम संस्कृति पार्कमा पुगेपछि मानिसहरू वरपर हेर्ने, घुम्ने र फोटो खिच्ने गर्छन् । अनि, पार्कमै उभिएर हर्क साम्पाङका बारेमा सोच्ने गर्छन्, आपसमा कुरा गर्छन् ।
हर्क साम्पाङ अहिले जनप्रतिनिधिहरूको नायक जस्तो भएका छन् । उनको बारेमा मानिसहरूले सकारात्मक नकारात्मक दुवै किसिमका कुरा गर्छन् ।
निश्चय नै मानिस कमजोरी सहितकाे एक प्राणी हो । सबैकाे सबै कुरा राम्रो हुने पनि भएन ।
तर, एक जनप्रतिनिधिको रूपमा आज उनले गरिरहेका प्रयासहरूले अवश्य देशव्यापी सन्देश दिइरहेको छ ।
हामीले श्रम संस्कृति पार्कको फोटोहरू ‘आवर धरान अनलाइन मिडिया’ नामक फेसबुक पेजबाट साभार गरेका छौं ।









