सबैखाले निराशाहरूलाई चिर्दै स्पष्टताकासाथ पार्टी निर्माणमा लागिरहेका छौँ

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले जनतामा उत्पन्न सबैखाले निराशा, निष्क्रियता र शङ्काहरूलाई चिर्दै आत्मविश्वास, अठोट र स्पष्टताका साथमा आफूहरू पार्टी निर्माणको काममा लागिरहेको बताएका छन् ।

जसपाको प्रथम स्थापना दिवसकाे अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राईले संघीयता, सुशासन, समृद्धि र समाजवादको नारालाई शिरोधार्य गरी सबैखाले निराशा, निष्क्रियता र शङ्काहरूलाई चिर्दै आत्मविश्वास, अठोट र स्पष्टताका साथमा पार्टी निर्माणको काममा लागिरहेको बताएका छन् ।

साथै उनले नेपाललाई स्वतन्त्र, समृद्ध, समतामूलक, न्यायपूर्ण, विभेदरहित, धर्मनिरपेक्ष, समावेशी, संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणका लागि सशक्त संगठनात्मक शक्ति निर्माण गरी पार्टीलाई नेतृत्वदायी शक्तिको रूपमा स्थापित गर्न पनि लागिपरेको उल्लेख गरेका छन् ।

स्थापना दिवसको अवसरमा उनले पार्टीका सबै समिति, जनवर्गीय संगठन, नेता तथा कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img