हर्क साम्पाङकै शैलीमा मात्र देश विकास सम्भव: जीवन हाताचो राई

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले देश विकास गर्न हर्क साम्पाङको शैली नै उपयुक्त भएको बताएका छन्।

उनले हालका प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले पालैपालो सत्ता सम्हाले पनि देशले अपेक्षित विकास गर्न नसकेको, बरु भ्रष्टाचार र अनियमितता मात्रै बढेको बताए।

सिलिचुङ टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष राईले मेयर हर्क साम्पाङले नेपालको माटो, भूमि र संस्कृति अनुसार देश बनाउने दृष्टिकोण राखेको उल्लेख गरे।

उनले स्थानीय सरकार सम्बन्धी कानुनमै त्रुटि रहेको जिकिर गर्दै भने, “मेयरले काम गर्ने, उपमेयरले अनुगमन गर्ने व्यवस्था नै गलत छ।”

धरानमा मेयर साम्पाङ नेतृत्वमा भइरहेका श्रमदान तथा विकासका कामहरूमा उपमेयर अइन्द्रविक्रम बेघाले अहिलेसम्म कुनै पनि सहभागीता नदेखाएको राईको दाबी छ।

“यदि मेयर र उपमेयर दुवै मिलेर श्रमदानमा सहभागी भएका भए, त्यो कदमले देशभर सकारात्मक सन्देश फैलाउने थियो,” राईले भने।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img