माया धराने बेसार उद्योग सञ्चालनमा, मेयर साम्पाङको सपना साकार

असार २५ मा औपचारिक उद्घाटन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को पहलमा धरान–२० भञ्ज्याङमा ‘माया धराने बेसार उद्योग’ सञ्चालनमा आएको छ।

करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त उद्योगबाट बेसार उत्पादन गरी विक्री सुरु गरिएको छ।

उद्योगको औपचारिक उद्घाटन भने आगामी असार २५ गते मेयर साम्पाङले गर्ने कार्यक्रम रहेको उनकाे टिमका नेता समिर तामाङले जानकारी दिए।∗

उनका अनुसार उद्योग निर्माणमा उपमहानगरपालिकाले करिब ३१ लाख रुपैयाँ लगानी गरेको छ।

यो उद्योगलाई स्थानीय सरकारको पहिलो उद्योगका रूपमा दाबी गरिएको छ।

उद्योग सञ्चालनका लागि कृषक र उपभोक्ताहरूको सहभागितामा प्रसाद राईको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ।

हाल उद्योगमा पाँच जना काम गरिरहेका छन् भने निकट भविष्यमा दैनिक ३०० केजी बेसार उत्पादन गर्ने लक्ष्य राखिएको छ।

कच्चा बेसार मुख्यतया धरान–२० विष्णुपादुकाका किसानबाट संकलन गरिनेछ।

विष्णुपादुकामा उच्च गुणस्तरको बेसार फल्ने विज्ञहरूले बताएका छन्।

उद्योगमा आधुनिक प्रविधिको मेशिन प्रयोग गरेर सत प्रतिशत शुद्ध र गुणस्तरीय बेसार उत्पादन थालिएको तामाङले बताए।

बेसार विक्रीबाट प्राप्त मुनाफाको कति प्रतिशत उपमहानगरमा आउने भन्नेबारे छलफल गरी निर्णय गरिनेछ।

श्रमदान अभियानमार्फत चर्चित भएका मेयर साम्पाङले धरानमा साबुन उद्योग र प्लास्टिक प्रशोधन उद्योग स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेका छन्।

समाचारमा समिर तामाङ हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img