नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङ । तस्बिरः विजय चाम्लिङ

काठमाडौं– दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङ हाल नयाँ राजनीतिक दल गठन गर्ने दिशामा लागेका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले आफू देशलाई विजुलीको मात्रै नभएर समृद्धिको उज्यालोतिर अघि बढाउने संकल्पसहित ‘उज्यालो नेपाल अभियान’मा लागेको बताए।

केही समयअघि गल्फ कन्ट्रीको भ्रमणका क्रममा बहराइनबाटै आफूहरूले उज्यालो नेपाल अभियान घोषणा गरेको उनले स्मरण गरे।

उनले भने, ‘उज्यालो नेपाल अभियान भनेको सबै क्षेत्रमा उज्यालो ल्याउने अभियान हो। यो राजनीतिक क्षेत्रमा पनि उज्यालो ल्याउने अभियान हो, नेतृत्वमा पनि उज्यालो ल्याउने अभियान हो।’

उनले अब आफूलाई कुनै पनि सरकारी निकायको कार्यकारी प्रमुख बन्ने इच्छा नभएको स्पष्ट पारे।

उनले भने, ‘मलाई अब कुनै एउटा निकायको कार्यकारी अध्यक्ष भएर जाने चाहना छैन। तर, नेपाल बन्नुपर्छ भन्ने मेरो चाहना हो।’

उनले उज्यालो नेपाल अभियानमा जोडिन युवाहरूलाई आग्रह पनि गरे।

‘अब देशलाई समृद्धिको उज्यालोतिर अगाडि बढाउनुपर्छ भन्ने संकल्पसहित म तपाईंहरूसँग काँधमा काँध मिलाउन आएको छु,’ उनले भने, ‘आज म तपाईंहरूलाई पनि उज्यालो नेपाल अभियानमा जुट्न आग्रह गर्दछु।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here