उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

उज्यालो नेपाल पार्टीले आगामी मंसिर १७ गते काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आफ्नो औपचारिक घोषणा गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म घोषणा कार्यक्रम तय भएको जानकारी दिएको हो।

पार्टीका अनुसार सो दिन दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०८२ सार्वजनिक हुनेछ, जसमा पार्टीको सैद्धान्तिक मार्गदर्शन, प्राथमिकता र कार्ययोजनाहरू स्पष्ट रूपमा समेटिनेछन्।

पार्टीले नेपालका संवैधानिक उपलब्धिलाई आत्मसात् गर्दै प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, निष्पक्ष न्यायपालिका, प्रेस स्वतन्त्रता र कानूनी शासनलाई आफ्नो राजनीतिक आधार मान्ने जनाएको छ।

त्यसैगरी प्रभावकारी सेवा प्रवाह र सामाजिक-आर्थिक रुपान्तरण मार्फत समृद्ध राष्ट्र निर्माण प्रमुख लक्ष्य रहनेछ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img