एकैदिन ७ हजार १३७ जनामा काेराेना संक्रमण, २७ जनाकाे मृत्यु

नेपालमा आइतबार थप ७ हजार १३७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप ७ हजार १३७ संक्रमित थपिएका हुन् । मन्त्रालयले पछिल्लाे २४ घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरेकाे थियाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

आइतबार थपिएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार ५९५ जना छन् । मन्त्रालयका अनुसार भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमित निकाे भएका छन् । यस अविधमा २७ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्