जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पहिचानको यात्रा दीर्घकालीन र जटिल भए पनि पूरा गरिछाड्ने बताएका छन्।

जसपाका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने तयारी भइरहेका बेला अध्यक्ष राईले जटिल भए पनि पहिचानको यात्रा पूरा गरिने उद्घोष गरेका हुन्।

राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नेगरी गरिएको सहमति-पत्र सार्वजनिक गर्दै उनले भने, ‘यो सुरुवात हो। अगाडिको यात्रा बाँकी छ। यात्रा जारी छ। पहिचानको यात्रा दीर्घकालीन र जटिल छ, तर हामी पूरा गरिछाड्छौँ।

जसपा छाेडेर नेकपामा प्रवेश गर्ने तयारीमा रहेका राजेन्द्र श्रेष्ठसहित नेताहरूकाे जानकारी-पत्र।