राष्ट्रियसभाकाे निर्वाचनमा बादललाई हराउँदै देवकोटा विजयी

राष्ट्रिय सभाकाे उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । गृहमन्त्री समेत रहेका बादललाई डा. खिमलाल देवकाेटाले हराइदिएका छन् ।

बागमती प्रदेशसभातर्फ राष्ट्रियसभा सदस्यका लागि बिहीबार हेटौंडामा मतदान भएको थियो ।

जसमा देवकाेटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलहरुको विपक्षी गठबन्धनका साझा उम्मेदवार बने ।

उनले ५,०८८ मतभार पाए । बादलले ४,०१४ मतभार पाए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार पाएका छन् ।

प्रदेशसभाका १०५ सदस्यले मतदान गर्दा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्