कम्युनिष्टहरु बहुल राष्ट्रिय राज्य पक्षधर नै हुन्ः आहुति (भिडियोसहित)

राजनीतिक विश्लेषक आहुतिले कम्युनिष्टहरु बहुल राष्ट्रिय राज्य विरोधी नभएको बताएका छन् । तर नेपाल अहिलेसम्म पनि बहुल राष्ट्रिय राज्य बन्न नसकेको उनको भनाइ छ ।

मंगलबार नेपाल आदिवासी जनजाति महासंघले जुम भिडियोमार्फत आयोजना गरेको कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका आहुतिले सो कुरा बताएका हुन् ।

कसैले कम्युनिष्टहरुले बहुराष्ट्रियता स्वीकार गर्दैनन् भन्छ भने त्यो कम्युनिष्ट आन्दोलन नबुझेको मान्छे भएको उनले बताए ।

कार्यक्रममा प्रश्नहरुको उत्तर दिँदै आहुतिले अबको आन्दोलन बहुराष्ट्रिय राज्य निर्माणको पनि हुने बताए ।

हेर्नुहोस् भिडियोः

 

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्