जसपाभित्र यादव समूहमा २२ सांसद, दलको नेता छान्न विधान पारित

जनता समाजवादी पार्टीमा उपेन्द्र यादव समूह झन् शक्तिशाली बन्दै गएको छ ।

जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले क्रमशः ठाकुरको साथ छोड्न थालेका छन् । जसपाभित्र यादव समूहमा ३२ माध्ये २२ जना सांसद उभिएका छन् ।

आज सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा संसदीय दलको विधानबारे छलफल भएको छ । जसमा २२ जना सांसदहरुले भाग लिएका छन् ।

बैठक ज्येष्ठ सांसद महेन्द्र राय यादवकाे अध्यक्षता भएकाे सांसद प्रदीप यादवले बताए ।

संसदीय दलकाे विधानबारे छलफल गर्दै

यसअघि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्दा यादव समूहको बैठकमा १९ जना सांसद सहभागी भएका थिए ।

संसदीय दलको विधानबारे छलफल गर्ने बैठकमा २२ जना सांसदसहित जसपाका वरिष्ठ नेता अशोक राईले सहभागिता जनाएका छन् ।

बैठकले संसदीय दलको विधान पारित गरेको छ । अब जसपाभित्र विधि र प्रक्रिया अनुसार नै संसदीय दलको नेता छान्ने बाटो खुलेको छ ।

जसपाले कारवाही गरेको महन्थ ठाकुर समूहले गत वैशाख ३० गते नै राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको थियो ।

एमाले नेता तथा एमालेका अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिने महेश बस्नेतले आयोजना गरेको भक्तपुरको एक रिसोर्टमा भेला भएर महतोलाई संसदीय दलको नेता घोषणा गरिएको थियो । जसमा महेश बस्नेत समेत सहभागी थिए ।

ठाकुर समूहले संसदीय दलको विधान समेत तयार नभएको तथा पार्टीले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने निर्णय नै नगरेको अवस्थामा ठाकुर समूहले महतोलाई दलको नेता घोषणा गर्नुका साथै ओलीलाई सहयोग गरेका थिए ।
सोही कारण यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको थियो ।

हाल उनीहरुले जसपा आधिकारिक रुपमा आपूmहरुको पार्टी भनी दाबी गरिरहेका छन् । जसपाको विवाद निर्वाचन आयोगमा बहसको क्रममा छ ।

जसपाभित्र यादव समूह पार्टी कमिटिमा समेत बहुमतमा छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्