असाेज १५ देखि काेराेनाकाे तेस्राे लहर आउन सक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आगामी असाेज १५ देखि काेराेना महामारीकाे तेस्राे लहर आउन सक्ने जनाएकाे छ ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि काेराेना संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएकाे हाे ।

समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाए अनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने आँकलन गरिएको छ ।

यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्न सकिनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्