माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउन सकिदैनः पाेखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाललाई दाेस्राे अध्यक्ष बनाउन नसकिने बताएका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टी कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा पत्रकारहरुले राखेकाे प्रश्नमा पाेखरेलले यस्ताे बताएका हुन् ।

उनले माधव नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेकाे दाेस्राे अध्यक्षकाे प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएकोले स्वीकार गर्न नसकिने बताए ।

उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरुकाे जोड रहेको बताए ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु पर्‍यो नि,’ उनले भने ।

उनले माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै ती प्रस्ताव आफूहरुले बुझ्न नसकेको पनि बताए ।

उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्