भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी काटिदिएपछि एक नेपाली युवा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।
हिजो बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।
धामीले नदी पार नगरीकनै एसएसबीले तुइनको डोरी काटेका थिए । धामीभन्दा अघि दुईजनाले भने साेही तुइनबाट नदी पार गरेको बताइएको छ ।
भारतीय पक्षको यो क्रुर अमानीय हर्कतकाे हाल नेपाली पक्षबाट भत्र्सना भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै उक्त घटनाको छानबिनमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
बेपत्ता भएका धामीकाे खोजी गरिए पनि हालसम्म भेटिएकाे छैन ।