Tuesday, March 28, 2023

एसएसबीले नदी पार नहुँदै तुइन काटेपछि महाकालीमा खसेर नेपाली युवा बेपत्ता

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी काटिदिएपछि एक नेपाली युवा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

हिजो बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि  नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

धामीले नदी पार नगरीकनै एसएसबीले तुइनको डोरी काटेका थिए । धामीभन्दा अघि दुईजनाले भने साेही तुइनबाट नदी पार गरेको बताइएको छ ।

भारतीय पक्षको यो क्रुर अमानीय हर्कतकाे हाल नेपाली पक्षबाट भत्र्सना भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै उक्त घटनाको छानबिनमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

बेपत्ता भएका धामीकाे खोजी गरिए पनि हालसम्म भेटिएकाे छैन ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्