विद्युत प्राधिकरणमा फेरि कुलमान घिसिङ आउने

नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिने भएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वकाे सरकारमा घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न जनताबाट व्यापक दबाब दिइएकाे थियाे ।

जसका लागि देश विदेशमा प्रदर्शन समेत गरिएकाे थियाे ।

तर प्रधानमन्त्री ओलीले घिसिङ आफू भन्दा बढी लाेकप्रिय भएकाे भन्दै उनलाई नियुक्त गरेनन् ।

यसअघि घिसिङले चार वर्षकाे अवधिमा प्राधिकरणकाे घाटा अन्त्य गरी आर्थिक वर्ष २०७६/७७ सम्ममा ११ अर्ब रुपैयाँ नाफामा ल्याएका थिए ।

उनले दैनिक १८ घण्टासम्म हुने लाेडसेडिङकाे पनि अन्त्य गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्