शिक्षकलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण

संखुवासभाको खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयले शिक्षकलाई आधुनिक प्रविधिमैत्री बनाउन लागि परेको छ ।

प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपललिब्धमुलक बनाउन महेन्द्र माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको हो ।

कोरोना संक्रमण र लकडाउनका कारण बन्द रहेको पढाइलाई अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गर्ने महेन्द्र माध्यमिक विद्यालयले सबै शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मेदीनी घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले प्रविधिको प्रयोग गर्दै सुरु गरेको अनलाइन कक्षामा प्राविधिक उपकरणको अभाव हुन नदिन शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक घिमिरेले बताए ।

निषेधाज्ञाले सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्न अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गर्ने विद्यालयमा कार्यरत् ३० जना शिक्षकलाई एक–एक थान ल्यापटप वितरण गरिएकोे प्रअ घिमिरेले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विनियोजन भएको आठ लाख ८२ हजार रुपैयाँमा १४ वटा, इभेन्ट परियोजनाबाट १० वटा र विद्यालयको आन्तरिक स्रोतबाट पाँचवटा ल्यापटप खरीद गएिको विद्यालयले जनाएको छ ।

महेन्द्र माध्यमिक विद्यालयमा नौ सय ५३ जना विद्यार्थी अध्ययनरत छन् । ग्रामिण क्षेत्रका विद्यालयलाई प्रविधिमैत्री  विद्यालय बनाउँदै भौतिक उपस्थिति नभई अनलाइन पठनपाठन कार्यलाई निरन्तरता दिइरहेको प्राध्यानाध्यापक घिमिरेले बताए ।

उक्त विद्यालयमा प्राविधिकतर्फका पढाइ हरेक दिन बिहान ६ देखि ८ बजेसम्म अनलाइनमार्फत सञ्चालन भइरहेको जनाइएको छ । विद्यालयमा हाल नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । ल्यापटप पाउने शिक्षकलाई यसअघि नै ल्यापटप चलाउने तरिका र अनलाइन पठनपाठन विधिबारे प्रशिक्षणसमेत दिइएको छ ।

उक्त विद्यालयले प्रदेश सरकार, इभेन्ट परियोजना र खाँदबारी नगरपालिकाको सहयोगमा पाँचवटा प्रोजेक्ट, ५५ इन्चको १५ वटा स्मार्ट टिभी, ४० इन्चको तीन वटा, ३२ इन्चको दुईवटा र ६५ इन्चको तीनवटा, त्यस्तै ७५ इन्चको इन्टर प्यानल बोर्ड जडान गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्