यसरी गरिदैँछ किरात लिपि लेखनको अभ्यास [२० तस्बिरमा हेर्नुहोस्]

किरात राई चाम्लिङ खाम्बातिमले शनिबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा किरात सिरिजङ्गा लिपि लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा किरात राईका विभिन्न भाषिक संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

जसमा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार समेत रहेका किरात लिपिका अभ्यासकर्ता गणेश राईले किरात लिपि लेखनको इतिहास र अभ्यासबारे व्याख्या गर्दै प्रशिक्षण दिएका थिए ।

उनले किरात सिरिजङ्गा लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण र अंक लेखन पद्धतिबारे प्रशिक्षण दिए ।

करिब ४० जना सहभागी भएको उक्त कार्यक्रममा भाषाविद् डा. तारामणि राईले किरात सिरिजङ्गा लिपिलाई साझा लिपि निर्माण गर्नेबारे प्राज्ञिक तथा प्राविधिक कोणबाट प्रस्तुति दिएका थिए ।

सो क्रममा उनले किरात सिरिजङ्गा लिपिलाई किरातहरुको साझा लिपिको रुपमा विकास गर्नका लागि हाल लिपिमा रहेका वर्णमा थप वर्णहरु थप्नुपर्ने बताए ।

कार्यक्रममा गणेश पुमा राईले किरात लिपिमा पुमा वर्णमाला र अंक लेखनबारे आफूहरुको अभ्यासको अनुभव सुनाए ।

किरात लिपिका अभ्यासकर्ता तीर्थराज मुकारुङले किरात लिपि प्रयोगको आफ्नाे अनुभव सुनाए ।

किरात राई प्रज्ञा परिषद्का प्रमुख जयकुमार राईले साझा किरात लिपिले किरात जातिहरुको एकतामा बल पुग्ने बताए ।

उनले किरात लिपि राई समुदायले पहिलेदेखि नै प्रयोग गर्दै आएको बताए ।

खाम्बातिमका अध्यक्ष युवराज राईले प्रदेश १ को चाम्लिङ बाहुल्यता भएको ठाउँहरुमा आफ्नाे संस्थाको तर्फबाट किरात सिरिजङ्गा लिपि लेखनबारे प्रशिक्षण लगायतका कार्यक्रम गरिने बताए ।

डा. तारामणि राई
जयकुमार राई
तीर्थराज मुकारुङ
युवराज राई

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्