नागरिक अभियान्ता नारायण वाग्लेले राज्य एकीकरणको नाममा एकलीकरण गरिएको बताएका छन् ।

संविधान दिवसका दिन काठमाडौंमा बृहत् नागरिक आन्दोलनद्वारा आयोजना गरेको ‘संविधान संशोधन दबाब सभा’मा कान्तिपुर दैनिकका पूर्वसम्पादक तथा लेखकसमेत रहेका वाग्लेले सो कुरा बताएका हुन् ।

उनले भने, ‘नेपालको राज्य एकीकरणको प्रकृया राज्य एकीकरणको नाममा एकलीकरण भयो, त्यो राज्य एकलीकरणको विरुद्ध, राज्यलाई वास्तवमा सामाजिक संस्कृतिक आर्थिक रुपमा एकीकरणको प्रकृयामा बाँध्नको लागि नागरिक अधिकारहरुले सुसज्जित उन्नत लोकतन्त्रबाट मात्र सम्भव छ । त्यस्तो व्यवस्था हासिल गर्न हामीले आन्दोलन छेडेका छौं ।’

Please enter your comment!
Please enter your name here