बुद्ध एयरकाे जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडाैं फर्किएकाे छ ।

जहाजकाे ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा काठमाडौं फर्किएको हो ।

जहाज अवतरण गराउन खाेज्दा चक्का अड्किएकाे बुझिएकाे छ । हाल उक्त जहाज काठमाडौंकै आकाशमा होल्ड भएकाे छ ।

उक्त जहाज आकस्मिक अवतरण गराउने प्रयास गरिँदैछ । उक्त जहाज बिहान काठमाडाैंबाट विराटनगर उडेको थियो ।

Please enter your comment!
Please enter your name here