डा. मित्र परियारको दलित समुदायमा अनुरोध : दसैंको टीका नलगाउनुस्, पुच्छर नलिनुस्

दलित मुक्तिका अभियान्ता तथा समाजशास्त्री डा. मित्र परियारले दसैंको टीका नलगाउन दलित समुदायमा अनुराेध गरेका छन् ।

हिन्दुहरुको चाड दसैं दलितहरुले बहिष्कार गर्नुपर्ने उनको भनाइ छ । हिन्दु धर्म र संस्कृतिले दलितहरुमाथि विभेद गरेकोले दलितहरुले हिन्दु धर्म नै त्याग्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले टीका नलगाउन, मन्दिरमा बलि वा भेटी नचढाउन र पातमा दिएको अक्षता, पुच्छर र गर्दन नलिन अनुरोध गरेका छन् ।

दसैंमा दलितहरुका लागि बलि दिएको बोका, खसी वा जनावरको पुच्छर छुट्याउने चलन थियो ।

उक्त चलन अहिले पनि कतिपय ग्रामीण क्षेत्रमा कायम छ । तर त्यसले दलितहरुमाथि अपमान बोध भइरहेको छ ।

हिन्दु संस्कृतिको प्रभावले गर्दा नेपालका कतिपय आदिवासी जनजातिहरुले पनि दलितहरुमाथि विभेदपूर्ण व्यवहार गरिरहेको पाइन्छ ।

हिन्दु धर्म र संस्कृतिले दलितहरुमाथि विभेद गर्ने भएकोले दलितहरुले हिन्दु धर्म त्याग्नुपर्ने डा. परियारले बताउँदै आएका छन् ।

२०६८ सालको जनगणनामा नेपालकाे कुल जनसंख्याको १३ प्रतिशत जनसंख्या रहेको दलितहरुले भने आफूलाई हिन्दु धर्मावलम्बी नै भन्ने गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्