राईहरु भनेकाे बहुभाषिक बहुसांस्कृतिक जाति हो : दिलबहादुर आठपहरिया राई

आठपहरिया राई समुदायका अगुवा दिलबहादुर राईले राष्ट्रिय जनगणना–२०७८ मा आठपहरियाहरुले जातिमा राई, मातृभाषामा आठपहरिया र धर्ममा किरात लेख्ने बताएका छन् ।

‘दुई चारजना हाम्रा मित्रहरुले कुनै प्रलोभनमा परेर आठपहरियाहरु राई होइन भनेर अभियान चलाए होला, त्यसमा हामी सहमत छैनौं,’ राष्ट्रिय जनगणनाबारे साल्पा अनलाइनसँगको कुराकानीमा उनले भने, ‘हामी राई हौं, हाम्रो बाउबाजे राई नै थिए र हामी राई नै लेखाउने छौं ।

उनले आठपहरियाहरु राई होइन भनेर अभियान चलाउनेहरु स्वचालित नभएर परिचालित भएको जिकिर गरे ।

उनले शासकहरुले जहिल्यै ‘फुटाऊ र राज गर’को नीति लिने भएकोले राईहरुलाई फुटाउने प्रयास गरिरहेको बताए ।
उनले राम्रोसँग इतिहास अध्ययन गर्न राई जातिविरोधीहरुलाई आग्रह समेत गरे ।

उनले राईभित्रको थरगत समुदायहरुको भाषा वा संस्कार भुगोल अनुसार भिन्न हुँदैमा अलग जाति भन्न नमिल्ने बताए ।

उनले राईहरु बहुभाषिक बहुसांस्कृतिक भएको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्