महाधिवेशनमा सहमतिबाटै नेतृत्व छनौट हुन्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको आगामी १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा पदाधिकारी छनोट गर्ने बताएका छन् ।

डा. प्रकाशशरण महतद्वारा लिखित नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ नामक पुस्तकको विमोचनका समाराेहमा बाेल्दै सो कुरा बताएका हुन् ।

उनले आगामी अधिवेशमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास हुने र प्रजातानित्रक पार्टी भएका कारणले प्रतिश्पर्धा भइहालेमा त्यसबाट हुने हार जितलाई सहज रुपम ग्रहण गर्दै हार्नेले जिन्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको आगामी अधिवेशन देशका लागि नै अत्यन्त महत्वपूर्ण रहेको बताए ।

अधिवेशन सफल बनाएर उत्साहका साथ गाउँगाउँमा फर्किएर नेपाली काँग्रेसलाई ठूलो बहुमतीय पार्टी बनाउन लागि पर्न आग्रह गरे ।

‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।”

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्