काठमाडाैं नजिक रहेकाे प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बुधबार बिहानदेखि हिमपात सुरु भएको छ ।
रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।
हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि डाँडामा हिउँ परेकाेले अब हिउँ हेर्न र मनोरञ्जन लिन जाने पर्यटकको घुइँचो लाग्नेछ ।
बुधबार देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातसँगै चिसाे बढेकाे छ । जसका कारण जनजीवन पनि प्रभावित भएकाे छ ।