मङ्सिरमै फुल्यो आँप

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–९, बबियाका किसान सियाराम यादव र सत्यनारायण यादवको बगैँचाको आँपमा यस वर्ष मङ्सिरको अन्तिम सातामा नै फूल लाग्यो ।

सधैँ माघमा फुल्ने आँपमा यस वर्ष पहिलो पटक मङ्सिरमै फूल देखिएपछि सबै अचम्ममा परेका छन् ।

सियाराम यादवकी ८३ वर्षीया आमा कुश्मी यादवले आफूले पहिलोपटक यस्तो घटना देखेको बताइन् ।

उनले मैथली भाषामा भनिन्, “माघमे मजरे, फागुनमे गुजरे आ चैतमे टिकला वैशाखमे विवाह । ”

उनकाे भनाइको अर्थ हुन्छ, आँपले माघमा फूल दिन्छ, फागुनमा चिचिलो लाग्छ र चैत फल लाग्छ, वैशाखमा बिहे हुन्छ ।

तराई मधेसमा आँपलाई नयाँ वर्षसँग जोडिन्छ, नयाँ वर्ष बैशाख १ गते टिकला (आँप) चढाउने प्रचलन छ । ६० वर्षका सियाराम पनि आफूले मङ्सिरमै आँप फुलेको कहिल्यै नसुनेको, नदेखेको बताउँछन् ।

गत वर्ष वर्षा र हावाहुरीका कारण आँप उत्पादनमा कमी आएको र यसपालि बेला नहुँदै फुलेको चर्चा गर्दै कृषि ज्ञान केन्द्र सुनसरी मोरङ कार्यालयका पूर्वप्रमुख नुनुलाल उराँवले जलवायु परिवर्तनको असरले यस्तो भएको बताए ।

समयमा वर्षा नहुने, बेमौसमी वर्षा हुने, तापक्रमको घटबढ आदि कारणले मङ्सिरमा नै फूल लागेको हुन सक्ने उनकाे भनाइ छ । गाेरखापत्र अनलाइन

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्