संघीयतालाई मजबुत बनाउन ‘संघीय मामिला प्रशिक्षण प्रतिष्ठान’ स्थापना गरिदै

संघीयताका बारेमा अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गर्ने गरी सरकारले ‘संघीय मामिला प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने भएको छ ।

प्रतिष्ठान स्थापना गर्नका लागि पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक मस्यौदा गर्ने प्रस्ताव पारित गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानले संविधानको व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र समन्वयलाई बलियो बनाउने, सहकारी संघीयताको माध्यमबाट राष्ट्रिय एकता बजबुत गर्ने र समृद्धि हासिल गर्ने लगायत राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिनेछ ।

मन्त्री श्रेष्ठले प्रतिष्ठान स्थापना कार्य नेपालमा संघीयतालाई मजबुत बनाउने ऐतिहासिक कदम सावित हुने विश्वास व्यक्त गरे ।

जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्यसमेत रहेका मन्त्री श्रेष्ठ विश्वकाे संघीय मुलुक र संघीय संरचनाका राम्राे जानकार नेता हुन् ।

श्रेष्ठले मन्त्रालय सम्हालेपछि उनकै पहलमा संघीयता संरचनालाई मजबुत बनाउने उदेश्यका साथ प्रतिष्ठान स्थापनाको कार्य अघि बढेको हो ।

तर, जनता समाजवादी पार्टीले अहिलेको संघीय संरचना केवल प्रशासनिक संघीयता भएको बताउँदै आएको छ । जसपाले पहिचानका आधारमा दश प्रदेश निर्माण गर्नुपर्ने बताउँदै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्