तयार भयो साझा ‘किरात सिरिजङ्गा लिपि’, माघ १ गते सार्वजनिक गरिने

नेपालका तीन दर्जन किराती भाषाहरुलाई समेटेर लेखन प्रणाली विस्तार गर्ने गरी ‘किरात सिरिजङ्गा लिपि’ निर्माण गरिएको छ ।

भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईको नेतृत्व गठन गरिएको कार्यदलले किरात सिरिजङ्गा लिपिबारे अध्ययन तथा अनुसन्धान गरी ९४ पेजको प्रतिवेदन किरात समन्वय समितिलाई बुझाएको छ ।

समितिले किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि तयार पार्न गत २७ सेप्टेम्बरमा कार्यदल गठन गरेको थियो ।

जसमा प्राज्ञ अमर तुम्याङ, डा. लाल श्याकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डीबी आङ्बुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तिर्थराज मुकारुङ सदस्य थिए ।

जसमा ४८ वटा व्यंजन वर्ण र १२ वटा स्वर वर्ण राखिएको छ ।

कार्यदलले हिजो समितिका अध्यक्ष तथा सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवार लगायतका प्रतिनिधिहरुलाई प्रतिवेदन बुझाएको हो ।

जसमा ४८ वटा व्यंजन वर्ण र १२ वटा स्वर वर्ण राखिएको छ ।

समितिका सदस्य तथा किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले केही सुझावहरुसहित कार्यदलले दिएको प्रतिवेदन अनुमोदन गरिएको बताए ।

साल्पा अनलाइनसँग उनले भने, ‘हिजो प्रतिवेदन ग्रहण गर्यौ र स्वामित्व लिइसक्यौं ।’

कार्यदलले बुझाएको प्रतिवेदन आगामी १५ जनवरी (माघ १ गते) काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालय परिसरमा किरात यले संवत् ५०८२ को अवसरमा कार्यक्रम गरी सार्वजनिक गरिने उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

9 COMMENTS

  1. यसरी उपप्राध्यापक प्राज्ञ डाक्टर भनौदाहरुले आफ्नो मन खुशी आफ्नो गोजिको लिपि शब्द थप्दै जोड्दै जाने हो भने भोलिको दिनमा श्रीजंगा लिपि रहन्न यदि श्रीजंगा लिपि उपप्राध्यापक प्राज्ञ डाक्टर भनौदा हरुको मात्रै हो भने भन्नू पर्यो होईन भने यसरी श्रीजंगा लिपी बिगार्न चाहि पाइन्न र बिगार्ने छुट कसैलाई पनि छैन किरात नाम धारण गरेका संघ संस्थाले श्रीजंगा लिपि प्रयोग गर्ने बहानामा यसरी बिगार गर्नमा ठूलो भुमिका खेलेका छन् भोलिको दिनमा यी मूर्ख विद्वान् हरुलाई याक्थुङ लिम्बुहरु र श्रीजंगा लिपि संरक्षकहरु बाट बचाउन यी संघ संस्थाहरुले पनि सक्ने छैनन्
    श्रीजंगा लिपि प्रयोग को नाममा बिनाश गर्न कुनै पनि किरात जन्य संघ संस्था उप प्राध्यापक प्राज्ञ डाक्टर भन्नौदाहरुलाई मनाही छ

  2. वर्ण बढी भए लेखनमा क्लिष्ठता हुनेहाेईन र? मलाई चाहिँ वर्ण बढी भएजस्ताे लाग्याे।

  3. Chew Mai va sirijanga ko Atma dekai dintyae … What the hell is going wrong with you guys …k tapoi haru sirijanga ko classmates ho ha …? Bawla haru

  4. कुनै पनि मान्छे को पहिचान र अस्तित्व मेटाउनु छ भने उसले मान्ने भाषा,लिपि र संस्कृति परिवर्तन गरिदेऊ…

  5. केहि व्यक्तिले यसको मनपरि परिवर्तन गर्दैमा हाम्लाई मान्य हुदैन। ताल परे याक्थुङ समुदाय नैसर्गिक अधिकार नै खोज्छ।

  6. मेरो बिचारमा हिजका सारा किरातिहरूले मान्यता दिएको श्री जंगा लिपिलाई ाआजका बुर्जकहरूले किन बिगार्नु पर्यो ।ाआखिर श्री जंगा थेबे भनेको हाम्रै किरात कुलका महान मानव होईन र?अब हामिले ईतिहास संरक्षण गर्ने कि मेटाउने हो?यो लिपिलाई कुनैपनि हालतमा संसोधित हुनु हुदैन मेरो ठम्याई के छ भने किराँती बिद्वान भनाउदाहरूले किरात एकताको नाममा किराँत, किराँत बिचमा मारामारको स्थिति पैदा गर्न थालेको छ यश कुराले हामी किरातिहरू सचेत हुन जरूरि छ चाहे याक्थुमबा होस या अन्य किराँती समुदायहरू सबैलाई एकताको अभियानमा अघि बडौ ।जुनसुकै किसिमका किरात सभ्याता,संग सम्बन्धित ईतिहासहरूलाई हुबहु संरक्षण गरौ ।।

  7. राई एनजीओको डलरे डा. राई विज्ञहरुले डुबाउँछन् । उनिहरु आफ्नो स्वार्थको लागि गलत काम गर्छन् । यसप्रति सम्पूर्ण किरातीहरु होसियार ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्