Wednesday, November 30, 2022
10.4 C
Diktel

काठमाडौंमा २४ घण्टामा थपिए १९ सय १६ संक्रमित

Subtitle

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ हजार ९७५ जना निको भएका छन् भने २२ सय ४२ जनाको मृत्यु भएको छ।

ललितपुर जिल्लामा अहिलेसम्म ५२ हजार ६५८ जनामा संक्रमण पुष्टि हुँदा ५० हजार ३५६ जनाले कोरोना जितेका छन् भने ७११ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुर जिल्लामा ३० हजार ९९४ जनामा संक्रमण पुष्टि हुँदा २९ हजार ५९३ जनाले कोरोना जितेका छन् भने ४३८ जनाको मृत्यु भएको छ।काठमाडौंमा पाँच हजार ८ सय ४२, ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ गरेर उपत्यकामा अहिले ८ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर विधिबाट भएको परीक्षणमा मात्र २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर गर्दा २९ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।

४५ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको छ।पीसीआर र एन्टीजेन परीक्षणमा संक्रमित हुनेको संख्या एकै दिन बिहीबार ३५ सय ५३ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्