माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् ।
कर्णाली प्रदेशकाे विस्तारित बैठक तथा प्रशिक्षणलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे धारणा राखेका हुन् ।
एमसीसीबारे दलहरुकाे फरकफरक मत रहेकाे भन्दै उनले भने, ‘एमसीसीबारे पार्टीहरुका आ–आफ्नै कुरा छन् । कतिपय पारित गरिहाल्नुपर्छ भन्नेमा हुनुहुन्छ । हामी परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा छौँ । जे गरे पनि सल्लाहबाटै अघि बढेछौँ ।’
उनले एमसीसीकै कारण अहिलेकाे पाँच दलीय गठबन्धन नटुट्ने बताए । गठबन्धन अब हुने संसदीय निर्वाचनसम्म नै कायम हुने उनकाे भनाइ छ ।
उनले भने, ‘गठबन्धन टुट्दैन, संसदीय निर्वाचन गठबन्धन गरेरै जाने कुरा छ ।’



