माओवादीबाट निर्वाचित वडाअध्यक्षले पार्टी छाेडे

एमसीसी पास गर्ने मुख्य भूमिका प्रचण्डको : महरा

माओवादी केन्द्रले एमसीसी पास गर्न मुख्य भूमिका खेलेकाे भन्दै माओवादी नेता तथा कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिका वडा नं ८ मा माओवादीबाट निर्वाचित वडाअध्यक्ष बहादुर सिंह महराले पार्टी परित्याग गरेका छन् ।

माओवादीकाे सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधिसमेत रहेका महराले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य भूमिका खेलेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गरी पार्टी नेतृत्वले इमान्दार कार्यकर्तालाई लज्जित बनाएकाे भन्दै आजकै दिनदेखि पार्टीकाे सम्पूर्ण जिम्मेवारीबाट राजीनामा सहित पार्टी परित्यागकाे घाेषणा गरेका हुन् ।

उनले अबका दिनमा राष्ट्रिय स्वाधिनताका लागि नेतृत्व गर्ने देशभक्त शक्तिहरुसँग सहकार्य गर्ने समेत जनाएका छन् ।

अध्यक्ष प्रचण्डले एमसीसी पास गर्न मुख्य भूमिका खेलेका कारण हाल माओवादीबाट नारायणकाजी श्रेष्ठसहितका नेताहरु पनि पार्टी छाेड्ने तयारीमा छन् ।

नेता श्रेष्ठले हाल नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने वार्ता अघि बढाएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्