५ वर्षदेखि प्राधिकरण नाफामा छ, विद्युत अझै सस्तो हुन्छ- कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत अझै सस्तो हुने बताएका छन् ।

पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण गरिएको बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन तथा २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको उद्घाटन कार्यक्रममा उनले विद्युतको मूल्य अझै सस्तो हुने बताए ।

प्राधिकरण ५ वर्षदेखि नाफामा रहेको भन्दै उनले भने, ‘नेपालको विद्युत अहिले पनि महँगो छैन । अहिले १/२ रुपैयाँ महँगो तिर्दैमा केही हुन्न । त्यसको प्रतिफल पाइन्छ नै ।‘

उनले विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी गरिरहेको भन्दै उनले भने, ‘अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरिरहेका छन्, त्यसलाई अझ सस्तो बनाउने गरी लागेका छौं ।’

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले न्यू सबस्टेशन नेपालमै विद्युतका लागि हबको रुपमा रहेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्