जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा, महासचिवमा दिवस राई निर्वाचित

निर्वाचनमा कांग्रेस-एमालेको मोर्चा

नेपाल आदिवासी जनजाति महासंघको १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् ।

अध्यक्षका लागि हिजो राति भएको निर्वाचनमा शेर्पाले ४४ मत पाए । उनका प्रतिद्वन्द्वी सोनाम वालुङले ८ मत पाए । कूल ५३ मत खसेकोमा १ मत बदर भएको थियो ।

जनजाति आन्दोलनमा कमले मात्रै चिन्ने शेर्पा नेपाली कांग्रेस निकट हुन् भने वालुङ माओवादी केन्द्र निकट हुन् ।

यसैगरी महासचिवमा भएको निर्वाचनमा ३६ मत ल्याएर दिवस राई विजयी भएका छन् । राईका प्रतिद्वन्द्वी सुखवीर थामीले १५ मत पाए ।

राई नेकपा एमाले निकट हुन् भने थामी जनता समाजवादी पार्टी निकट हुन् ।

नवलपुरको कावासोतीमा भएको महाविधेशनमा मतदानका लागि कांग्रेस र एमालेको मोर्चा बनेको थियो । माओवादी केन्द्र र जसपाको अर्को मोर्चा बनेको थियो । जसमा सहज तरिकाले कांग्रेस-एमालेको उम्मेदवार विजयी भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती भुजेल, उपाध्यक्षहरुमा युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ, लाक्पा शेर्पा ढोक्प्या, लहरु जिमी, श्रुती कुमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

उपमहासचिवमा राजकृष्ण लामा, सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्रकुमारी बराम, कोषाध्यक्षमा विमल सारु मगर र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

गत चैत ९ गतेदेखि सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि निकै प्रयास गर्दा पनि सहमति हुन नसकेपछि हिजो राति निर्वाचन भएको हो ।

नेपालमा ५९ आदिवासी जनजाति रहे पनि महाधिवेशनमा ५४ वटा संस्थाको प्रतिनिधि थिए भने निर्वाचनमा ५३ संस्थाले भाग लिएका थिए ।

निर्वाचनमा जनसंख्याको आकार र अनुपात जस्तोसुकै भए एक संस्थाबाट एक मत मात्रै दिन पाउने व्यवस्था छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. सरकारी जागिरेहरुलाई जागिरबाट राजनीनिमा नगरी वा जागिर नछोडीकन (जस्तो अध्यक्षमा चुनिएका दिवस राई राई योयोक्खा नामक एनजिओमा पनि अध्यक्ष छन्) यसरी एनजिओ र संघसंस्थामा अध्यक्ष, महासचिव, उपाध्यक्ष आदि पदमा निर्वाचित हुन नपाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्