अध्यक्ष ओलीले भने- खोटाङ जिल्ला एमाले किल्ला

सामाजिक सुरक्षा भत्ताको अवधारणा एमालेले ल्याएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङ जिल्ला एमालेको किल्ला रहेको भन्दै फेरि पनि एमालेकै किल्लाको रुपमा रहने बताएका छन् ।

एमाले खोटाङले हिजाे दिक्तेलमा आयोजना गरेको जनसभामा उनले हाल देशका युवा शक्तिदेखि हरेक तप्का एमालेलाई विजयी गराउन क्रियाशिल रहेको बताए ।

‘आज युवाहरु नेकपा एमालेका पक्षमा दृढताका साथ, उत्साहका साथ खुलेर युवा शक्ति उठेको छ र आफै परिचालित भएको छ, म धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘आज सामाजिक जिवनका हरेक तप्का नेकपा एमालेको पक्षमा एमालेलाई विजयी गराउन क्रियाशिल छ । त्यसकारण म तपाईंहरु सबैलाई धन्यवाद भन्न चाहन्छु र मैले विश्वास लिएको छु, खोटाङ जिल्ला एमाले किल्ला, अब फेरि पनि यो एमाले किल्लाको रुपमा रहनेछ ।’

सो क्रममा उनले एमाले फुटेपछि झन बलियो भएर आएको जिकिर गरे ।

उनले भने, ’२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको जस्तै, अहिले पनि एमाले फुटाइयो एमाले जस्ताको तस्तै, जस्ताको जस्तै हैन बरु एमाले झन बलियाे भएको छ ।’

उनले विभिन्न भ्रममा परेर पार्टी छोडेकाहरु पनि अहिले एमालेमै फर्किन थालेको बताए ।

सो क्रममा उनले पहिलो पटक २०५१ सालमा एमालेले नै सामाजिक सुरक्षा भत्ताको लोककल्याणकारी अवधारणा ल्याएको बताए ।

उनले भने, ’२०५१ सालमा महिनामा एक सय रुपैयाँ भत्ता दिन सुरु गरेका थियौ । अहिले महिनामा चार हजार पुर्याएका छौं ।’

उनले अबको स्थानीय निर्वाचनमा एमालेले दुई तिहाइभन्दा बढी स्थानमा जित्ने दाबी पनि गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्