Wednesday, October 5, 2022
16.1 C
Diktel

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।

एडीबीले अाज एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

एडीबीका अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक रहेको थियाे ।

यसैगरी, गत आर्थिक वर्ष २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीले जनाएको छ ।

यसैगरी, नेपालको मुद्रास्फिति चालु आर्थिक वर्ष ६.५ प्रतिशत रहेको छ । सन् २०२० मा ६.२ प्रतिशत रहेको मुद्रास्फिति गत आर्थिक वर्ष ३.६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्