जसपाले स्थगित गर्यो विधान अधिवेशन, महाधिवेशन झन् अनिश्चित

२०७९ असार १ र २ गते गर्ने भनिएको जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन स्थगित गरिएको छ ।

जसपा कार्यालय प्रमुख प्रकाश अधिकारीले हिजाे केन्द्रीय सदस्य, संघीय परिषद सदस्य, प्रदेश तथा पहिचानमा आधारित समिति सदस्यहरुलाई विधान अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् ।

जसपाले यसअघि नै २०७९ असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय गर्नुका साथै २०७९ को असोजमा महाधिवेशन गर्ने समझदारी गरेको थियो ।

विधान अधिवेशन स्थगित गर्नुको कारण गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पूर्णरुपमा सम्पन्न भइनसकेको, निर्वाचनको समिक्षा प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आउन बाँकी रहेको तथा पार्टी सदस्यहरुको अभिलेख तयार भइनसकेको देखाइएको छ ।

जसपाका अधिकांश नेताहरुले तोकिएकै मितिमा विधान अधिवेशन हुनुपर्ने र महाधिवेशनको पनि मिति तोक्नुपर्ने माग गरिरहेका छन् ।

हाल स्थगित गरिएको विधान अधिवेशन कहिले हुने भन्ने मिति तोकिएको छैन । पार्टीको महाधिवेशन भने झनै अनिश्चित बनेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img