जनकपुरधामकाे मेयरमा लडेका बलराम महताे जसपामा प्रवेश

गत वैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा मधेश प्रदेशस्थित जनकपुरधाम उपमहानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार रहेका बलराम महताे जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

साेमबार जनकपुरधाममा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले महताेलाई स्वागत गरेका छन् ।

महताे अब हुने प्रतिनिधिसभाकाे निर्वाचनमा धनुषा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने गरी जसपामा प्रवेश गरेकाे बताइएकाे छ ।

महताे रमण कन्स्ट्रक्शन प्रा.लि.का सञ्चालक हुन् । ठेकदार उम्मेदवार नै बन्न नपाउने कानुनी व्यवस्था बनेपछि उनले उक्त कम्पनी छाेराेकाे नाममा सारेका थिए ।

जनकपुरधामकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका मनाेजकुमार साह निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट बिद्राेह गरेर प्रमुखकाे उम्मेदवार बनेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img