काठमाडौं महानगरपालिकाले आफ्नाे क्षेत्रका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेकाे छ । महानगरपालिकाले आज सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएकाे सूचना निकालेकाे छ ।
जसअनुसार साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न पाइदैन ।
महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन ।
बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन ।