बालेन साह र यमबुद्ध ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्‍यापर यमबुद्धको शालिक बनाउने घोषणा गरेका छन् । यमबुद्धको शालिक बनाउनका लागि महानगरपालिकाकाे कोषबाटै १५ लाख रुपैयाँ खर्च हुनेछ ।

आफै र्‍याप संगीतमा पनि लागेका मेयर साहले हिजो आफ्नाे फेसबुकबाट यमबुद्धको शालिक बनाउने सूचना सेयर गरेका थिए ।

तर, उनले यसबारे कसैसँग सल्लाह नै नगरी एकलौटी गरेको महानगरपालिकाका एक वडाअध्यक्षको दाबी छ ।

स्थानीय तहले अनावश्यक रुपमा शालिक, प्रवेशद्वार र भ्युटावर बनाउने होडबाजी चलेपछि हालै मात्र त्यस्ता संरचनाकाे व्यापक विरोध गरिएकाे थियाे ।

यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउन सहयोग गरेकोले उनको शालिक बनाउन लागिएको बताइएकाे छ ।

काठमाडौंको फोहोरमैला, प्रदुषण, ट्राफिक जाम लगायतका समस्या समाधानमा केन्द्रित हुने र काठमाडौंलाई सांस्कृतिक पहिचानको सहर बनाउने एजेन्डा लिएर स्थानीय तहकाे चुनाव जितेर मेयर बनेका बालेनकाे याे कदमकाे सामाजिक सञ्जालबाट धेरैले विराेध गरिरहेका छन् ।