लगातार रुपमा सक्रिय बनेको मनसुनी प्रणाली आइतबारदेखि सामान्य बनेको छ । देशभर मनसुनी वायुको प्रभाव सामान्य हुँदा भारी वर्षाको सम्भावना टरेको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भइरहेको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता मङ्गलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।