शिन्जो आबेलाई एक दिनअघि नै मार्ने योजना बनाएका थिए अभियुक्तले, दोस्रो प्रयासमा हत्या

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या दोस्रो प्रयासमा भएको खुलेको छ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका बेला आबेमाथि गोली प्रहार हुँदा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोली प्रहार गर्ने ४१ वर्षीय तेत्सुया यामागामीले एक दिनअघि नै आबेको हत्या गर्ने मनस्थिति बनाएर निस्किएका थिए। बिहीबार नै हत्या गर्ने उनको योजना थियो।

रिपोर्टअनुसार उनले आबेलाई अर्कै कार्यक्रममा मार्ने उद्देश्यले बिहीबार ओकायामाको पश्चिमी क्षेत्र गएका थिए।

तर उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो नाम र ठेगाना पेस गर्नुपर्ने भएपछि आफ्नो योजनाबाट उनी पछि हटेको बयान उनले दिएका अनुसन्धान अधिकारीहरूले बताएका छन्।

हिरासतमा जारी अनुसन्धान उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन्।

स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन्।

आक्रमणकारी यामागामीकी आमाले पनि उक्त समूहलाई दिएको दानका कारण आफ्नो परिवारलाई आर्थिक समस्या भएको दाबी गरेकी छन्। रासस/एएफपी

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img