एक महिनाभित्रै नेपालगञ्जको मुहार फेरिने गरी दुईवटा योजना कार्यान्वयनमा ल्याउँछु : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक महिनाभित्रैमा नेपालगञ्जको मुहार फेरिने गरी दुई वटा योजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाले हिजो आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा मन्त्री राईले नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीहरुका अघि सो प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘नेपालगञ्जको मुहार फेरिने गरी दुई वटा योजना १५ देखि ३० दिनभित्रमा कार्यान्वयनमा ल्याउँछु ।’

उनले तत्काल उक्त योजनाको नाम भने खुलाएनन् ।

जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि उनी गृहनगर समेत रहेको नेपालगञ्जमा पुगेका थिए ।

सो क्रममा उनलाई नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुले बधाई दिएका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img