प्रदेश १ का प्रमुख परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन् ।
हिजाे सञ्चारकर्मी लि. विराटनगरको एघारौं स्थापनाको दिवसमा प्रदेश प्रमुखले सो कुरा बताएका हुन् ।
सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रुपान्तरण हुने प्रदेश प्रमुखको भनाइ छ ।
एघारौं स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई तोरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, बाबुराम भण्डारीलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवि पुरस्कार र उषा सरदारलाई मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश प्रमुख खापुङबाट प्रदान भएको थियो ।
त्यसैगरी पुरस्कारका कोषकार दिनबन्धु गोयल, दीपक दाहाल, डा. सम्झना प्रधान र मीना श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
पुरस्कार तथा सम्मान लिँदै पत्रकार राजेन्द्र दाहालले आफूले तीस वर्षदेखि कुनै पनि पुरस्कार नलिएको तर पछिल्लो समय शिक्षक पत्रिका सहकारी माध्यमबाट चलाउँदै आएकाले सहकारीता पक्षलाई सम्मान गर्न उपस्थित भएको प्रष्ट पारे ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ससाना पुँजीहरुलाई एकीकृत पारेर चलाइने सहकारीलाई राज्यले पनि प्रोत्साहन गरेको बताए ।
प्रदेश प्रमुख माननीय परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताउनुभएको छ । सञ्चारकर्मी सञ्चारकर्मी लि. विराटनगरको एघारौं स्थापनाको दिवसमा प्रदेश प्रमुखले सो कुरा बताउनुभएको हो ।
सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रुपान्तरण हुने प्रदेश प्रमुखको थप भनाई थियो ।
एघारौं स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई तोरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, बाबुराम भण्डारीलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवि पुरस्कार र उषा सरदारलाई मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश प्रमुख माननीय परशुराम खापुङको हस्तबाहुलीबाट प्रदान भएको थियो ।
त्यसैगरी पुरस्कारका कोषकार दिनबन्धु गोयल, दीपक दाहाल, डा. सम्झना प्रधान र मीना श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
पुरस्कार तथा सम्मान लिँदै पत्रकार राजेन्द्र दाहालले आफुले तीस वर्षदेखि कुनै पनि पुरस्कार नलिएको तर पछिल्लो समय शिक्षक पत्रिका सहकारी माध्यमबाट चलाउँदै आएकाले सहकारीता पक्षलाई सम्मान गर्न उपस्थित भएको प्रष्ट पानुभएको थियो ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ससाना पुँजीहरुलाई एकीकृत पारेर चलाइने सहकारीलाई राज्यले पनि प्रोत्साहन गरेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ. लि. मोरङका अध्यक्ष डिल्ली पोखरेल, पुरस्कारका संस्थापकमध्येका दिनवन्धु गोयल र सहकारीका अध्यक्ष मोहन भण्डारीले मन्तव्य राखेका थिए ।
