सुनुवार महिला समाजकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित

सुनुवार महिला समाजकाे पाँचौं राष्ट्रिय सम्मेलनबाट शोभा सुनुवारकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

याे राष्ट्रिय सम्मेलन २०७३ सालपछिकाे लामो समयको अन्तरालमा भएको हाे ।

समितिकाे उपाध्यक्षमा नासोच सिर्जना सुनुवार (काःत ओखलढुंगा), सपना सुनुवार (कुपिण्डे रामेछाप), कोषाध्यक्ष कमला सुनुवार (खिँची ओखलढुंगा) छन् ।

सदस्यहरु गंगाकुमारी सुनुवार (गोलबजार सिरहा), रेजिना सुनुवार (साब्रा रामेछाप), पारु सुनुवार (कोटेश्वर काठमाडौं), सावित्री सुनुवार (भक्तपुर), सुप्रिमा सुनुवार (चुलेप बुज रामेछाप), सिमा सुनुवार (रश्नाइलु रामेछाप) रहेका छन् ।

लक्ष्मी सुनुवारको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष शारदा सुनुवारले आर्थिक प्रतिवेदन र सचिव शोभा सुनुवारले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुमसका पूर्वअध्यक्ष विमला सुनुवार, सहसचिव रामप्यारी सुनुवार, दालकुमारी सुनुवार, महिला महासंघ प्रतिनिधि, सुसेस संस्थापक सदस्य प्रेम हाँवाली लगायत सुसेस काठमाडौं भक्तपुर अध्यक्ष, नगर अअध्यक्ष, आङ्गिक संस्था सुविस, सुकचको महासचिवको अतिथ्यता तथा सुसेस संघीय समितिको अध्यक्ष रणवीर सुनुवारको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो ।

निर्वाचन समितिमा संयोजक समीर मुखिया सुनुवार, सदस्यहरुमा मनु सुनुवार तथा कोइँचबु काःतिच रहेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई सुमस निवर्तमान अध्यक्ष लक्ष्मी सुनुवारले बधाइज्ञापन सहित सपथ ग्रहण गराइन् ।

आदिवासी ज्ञानको संरक्षण कोइँचाम्हरुको साझा अभियान नारासहित सम्पन्न सम्मेलनबाट निर्वाचित समितिको पहिलो कर्तव्य संस्थागत अद्यावधिक गर्ने र कोइँच महिलाले जोगाइराखेको परम्परागत ज्ञानको संरक्षण सम्वद्र्धन हुने नवनिर्वाचित अध्यक्ष शोभा सुनुवारले बताइन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

2 COMMENTS

  1. निर्बाचित सबै समितिलाई बधाई अनि कार्य सफल्ताको शुभकामना।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img