समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा लम्साल, महासचिवमा राई

समाजवादी ट्रेड युनियन महासंघको पुनर्गठन गरिएको छ ।

पुनर्गठनपछि महासंघको अध्यक्षमा अर्जुन लम्साल र महासचिवमा दयाराम राईलाई चयन गरिएको छ । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टी नेपालको आधिकारिक जनवर्गीय संगठन हो ।

नवनियुक्त अध्यक्ष लम्साल यसअघि संगठनका महासचिव थिए भने राई उपमहासचिव थिए । महासंघका तत्कालीन अध्यक्ष लालध्वज नेम्वाङले पार्टी छोडेपछि हाल महासंघको पुनर्गठन गरिएको हो ।

महासंघका सहअध्यक्ष जोगीलाल यादव र उपाध्यक्ष हेमन्त मान्डव्यलाई संरक्षकमा राख्ने निर्णय गरिएको छ । महासंघको प्रवक्तामा गोपाल राईलाई चयन गरिएको छ । बाँकी रहेका पदाधिकारीहरु यथावत नै राखिएको छ ।

नवनियुक्त अध्यक्ष लम्सालले अब सबै प्रदेशमा संगठन पुनर्गठन गरी चुस्तदुरुस्त बनाउने र पार्टीको नीति र सिद्धान्तमा रहेर नेपालको मजदुर आन्दोलनलाई अघि बढाउने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्