अध्यक्ष राईद्वारा बराहक्षेत्र–१ चतराको झोलुङ्गे पुल निर्माणस्थल अवलोकन

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले बराहक्षेत्र नगरपालिका–१ चतरास्थित दुर्बासाघाटको झोलुङ्गे पुल निर्माणस्थलको अवलोकन गरेका छन् ।

अध्यक्ष राईले हिजो सो स्थानको अवलोकन गरेका हुन् ।

सो क्रममा उनले झोलुङ्गे पुल निर्माणका लागि यसवर्ष १० लाख रुपैयाँ विनियोजन भएकाे र अब चाडै सर्भे गरी नक्सा तयार पार्ने काम अघि बढ्ने बताए ।

उनले सप्तकोशीको सो क्षेत्रको धारमा रमाइलाेका लागि बोटिङ गर्ने व्यवस्था गर्न तथा सो क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।

जसपाका सुनसरी जिल्ला सचिव प्रदीप कार्कीले स्थानीय रवि राई र सुरेन राईले पुलकाे याेजना पार्न चार पाँच वर्षदेखि प्रयास गर्दा पनि केही नभएपछि उनीहरुले जसपा नेता अशाेक राईलाई भेट्न खाेजेकाे र आफूले भेट्ने वातावरण मिलाइदिएपछि बजेट परेकाे बताए ।

अवलोकन कार्यक्रममा जसपाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ की सांसद राधा थापा पनि उपस्थित थिइन् भने जसपाका स्थानीय नेता तथा जनताकाे सहभागिता थियो ।

https://www.facebook.com/100552019427732/videos/1147329002519753

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्